२१ असार २०७७, आईतवार
  • ज्योति कुमार पन्थि

गुलरिया, २१ असार । बर्दियाको बारबर्दिया नगरपालिकाले शिक्षक अवधारणा २०७७ सार्वजनिक गरेको छ । नगरपालिकाले हाम्रो घर हाम्रो बिद्यालय हामी सबै शिक्षक भन्ने मुल नारा सहित गृह शिक्षा अभियान शुरू गरेको हो । नगरपालिकाले नयाँ शिक्षा अभियानका साथ शिक्षक अबधारणा २०७७ लिएर आएको बारबर्दिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत टिकानाथ गोसाइले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण सम्पुर्ण विद्यालयहरु बन्द भएको अबस्थामा विद्यार्थीहरुका लागि शिक्षण सहजताका लागि यो अवधारणा ल्याइएको हो, गोसाइले भन्नुभयो ।

यस्तै, कोभिड १९ को महामारीबाट बालबालिकाहरुको शिक्षण सिकाइ तथा क्रियाकलापमा प्रभाब पारेको र बालबालिकाहरू विद्यालय जाने वातावरण नहरेको कारण अध्यनमा सहजताका लागि नगरपालिकाले नयाँ अबधारणा ल्याइएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु कबिरले बताउनुभयो ।

नगरपालिकाले नयाँ अवधारणा अनुसार टोल टोलमा गएर विद्यार्थीहरुलाई अध्ययन गराउनका लागि विद्यालयका प्रधानध्यापकहरूलाई समेत तालिम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV