२१ असार २०७७, आईतवार

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक छलफल सुरु भएको छ ।

बिहान दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल पुग्नुभएका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुग्नुभएको छ ।

यसअघि पटकपटक भएको छलफल विनानिष्कर्षमा टुङ्गिएको थियो । सरकारको काम र पार्टी संचालनप्रति असन्तुष्ट बन्नुभएका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगयातका नेताले प्रधानमन्त्री ओलीको राजीनामा र अध्यक्ष पद छाड्नुपर्ने दबाव दिएका छन् ।

प्रधानमन्त्री ओली स्थायी कमिटीमा पनि अल्पमतमा पर्नुभएको छ । उता स्थायी कमिटीमा पनि ४४ मध्ये ३० सदस्यहरुले प्रधानमन्त्री ओलीकाे राजीनामा माग गरेका छन् । तर पनि ओली दुवै पद नछोड्ने अडानमा हुनुहुन्छ । जारी स्थायी कमिटीलाई २ दिन रोकेर दुई अध्यक्षबीच पटक पटक बसेको छलफलले पनि सहमति निकाल्न सकेको छैन।

शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटमा आफू र राष्ट्रपतिबिरुद्ध षड्यन्त्र भैरहेको बतउद त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको थियो । त्यसपछि शनिबार नै बेलुका प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर पार्टी पुटाउने संकेत गर्दै आफ्नो लय स्पष्ट पारेर तयार रहनु भन्नुभएको थियो । यद्यपि नेकपाका मध्य बर्गका नेताहरु भने पार्टी फुटाउने पक्षमा छैनन् । मध्यवर्गका नेताहरु दुवै अध्यक्षहरुबीचको मतभेदलाइ  समाझदारी गरेर पार्टी एकीकरण कायम गर्ने पक्षमा छन् ।

आजको छलफलमा दुवै अध्यक्षको तर्फबाट दुई-दुई नेताहरु साथै लगिएको छ । प्रधानमन्त्री ओलीको तर्फबाट पार्टीका महासचिव विष्णु पाैडेल र शंकर पोखरेल हुनुहुन्छ भने प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV