२१ असार २०७७, आईतवार

काठमाडौँ, २१ असार । इटालियन लिग सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस बिजयी भएको छ । युभेन्टसले टोरिनोबिरुद्ध ४ गोल गर्दै सानदार जित निकालेको हो । टोरिनोले भने १ गोल मात्रै फर्काउन सफल भयो ।

युभेन्टसको तर्फबाट क्रिस्टियानो रोनाल्डो, पाब्लो डिबाला र जुयन कुवाड्राडोले व्याक्तिगत एकएक गोल गरेका थिए भने एक गोल टोरिनोले आत्मघाती गरेपछि उपहारको रुपमा पाएको थियो । त्यस्तै टोरिनोले पनि १ गोल गरेको खलमा एन्द्रीया बेलोटीले गोल गरेका थिए ।

जितसँगै लिगको शिर्ष स्थानमा रहेको युभेन्ट्सले ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ । आज राति १:३० बजे लाजियो र मिलानको भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV