२० असार २०७७, शनिबार
  • देवराज पन्त,

मकवानपुर, २० असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब २ सय किलो ला’गूऔषध गाँ’जा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय, पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले रातोमाटे चेकपोष्टमा शनिबार विहान ५ बजेको समयमा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल बोक्ने ट्यांकरको चेम्बरभित्र १ सय २८ किलो ला’गूऔषध गाँ’जा बरामद गरेको हो ।

ट्यांकर चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का २७ वर्षीय एमामुल हक देवान र सोही ट्यांकरमा सवार सोही स्थानका २४ बर्षीय मोहरवान अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा परेका दुवै जनालाई ट्यांकरसहित आज (शनिबार) जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यसै क्रममा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको टोलीले मनहरी गाउँपालिका वडा नम्बर ६, लोथर खोलाको गोरेटोबाट ७० किलो ला’गूऔषध गाँ’जासहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चितवन जिल्ला, राप्ति नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय शिव तामाङलाई सो परिमाणको ला’गूऔषध गाँ’जासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेकाहरुलाई ला’गूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्षसम्म कैद, १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना र ला’गूऔषध ओसारपसारमा प्रयोग भएको सवारीसमेत जफत हुने कानूनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV