२० असार २०७७, शनिबार

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का मन्त्री र राज्यमन्त्रीहरुसंग छलफल थाल्नु भएको छ ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसंगको वार्तापछि उहाँ बालुवाटार फर्किएर मन्त्री र राज्यमन्त्रीहरुसंग छलफल थाल्नु भएको हो ।

राष्ट्रपति भण्डारीसंग लभगग १ घण्टा कुराकानी गर्नु भएका प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसंग समसामयिक विषयमा छलफल गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

नेकपा मित्र बढ्दो द्धन्द्ध र उत्पन्न जटिल अवस्थाका कारण यतिखेर मुलुकको राजनीति प्रधानमन्त्री ओली वरिपरि केन्द्रित हुन पुगेको छ ।

यद्धपि राष्ट्रपति भण्डारीसंगको भेट नियमित भएको र मन्त्री एवं राज्यमन्त्रीहरुसंगको छलफल पनि समसामयिक भएको दावी पनि प्रधानमन्त्री ओलीको सचिवालयको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV