२० असार २०७७, शनिबार

ललितपुर, २० असार । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सत्तारुढ नेकपा भित्र कुनै दुर्घटना हुने जिकिर गर्नु भएको छ । उहाँले जनभावना मर्नेगरी फरक दिशामा नेकपा जान नसक्ने भन्दै बहस अस्वस्थ्य ढंगले अघिको खण्डमा भने सोच्नु पर्ने अवस्था आउने पनि प्रष्ट पार्नु भएको छ ।९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिवार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपाभित्र चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको दावी गर्नु भयो । पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उहाँले नेताहरु आपसमा बसेर निष्कर्श निकाले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकका एजेण्डा र चालु संसदको अधिवेशनबीचमा कुनै सम्बन्ध नरहेको समेत बताउनुभयो ।

संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उहाँले संसदको बिजनेश नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रट्याउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुप¥यो बोलायौं । बजेट पास भयो । केही केही विधेयकहरु थिए, त्यो विधेयकमाथि छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’ मन्त्री अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाउन काम गर्न सहकारी क्षेत्रलाई आग्रह गर्नुभयो । अहिले अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको भन्दै मन्त्री अर्यालले त्यसलाई बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV