२० असार २०७७, शनिबार
  • यामराज कटुवाल,

दैलेख, २० असार । दैलेखका अधिकांश क्वारेन्टाइनहरु रित्तिदै गएका छन् । रोजगारीको लागि भारत गएका नेपाली घर फर्कने दर घटे पछि क्वाराईनटाईन र आईसोलेशनहरु वार्डहरु रित्तिदै गएका हुन् । जिल्लाको नारायण नगरपालिकाको २ वटा विद्यालयमा जम्मा १६ जना मात्र क्वारेन्टाइन रहेका छन् । २० बेडको क्षमता रहेको सरस्वति मा.बि को आईसोलेशनमा हाल जम्मा ५ जना मात्र उपचाररत छन् । कुनै समय सबै बिद्यालय भरिएर बरण्डा र पालमासम्म राख्नु पर्ने अबस्था रहेको यो स्थानमा हाल नेपाल भित्रिने संख्यामा कमि आएसंगै क्वारेन्टाइनहरु रित्तिएका हुन् ।

नेपालमा कोरोना संक्रमण भेटिएको सुरुवाती अवस्था भन्दा हालको अवस्था सामान्य बन्दै गएको छ । जनस्तरमा पनि डर त्रास नरहेको र चेतनाको विकास भएको नारायण नगरपालिकाको सरस्वति मा.वि. तर्ताङ्गमा बनाईएको कोभिड बिशेष अस्पतालमा उपचारमा खटिएका डा.बिनोद गैह्रेले भन्नुभयो ।

भारतबाट एकै समयमा करिब १२००० जति मानिस नेपाल भित्रिँदा दैलेखमा कोरोना महामारीको ब्यवस्थापनमा ठुलो चुनौती देखिएको थियो । तर सबैले आ आफ्नो क्षेत्रबाट भुमिका निर्बाह गरे पछि हाल स्थिती सहज बन्दै गएको छ, जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष लोमन शर्माले भन्नुभयो ।

दैलेखमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५३ महिला र ७२८ पुरुष गरी जम्मा कोरोना संक्रमण हुनेको संख्या ७८१ रहेको छ भने ४८ महिला र ६५५ पुरुष गरि जम्मा ७०३ जनाउपचारपछि निको भएका छन् । हाल जिल्ला भरी जम्मा करिब ४ सय जना क्वारेन्टाईनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV