२० असार २०७७, शनिबार

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग पुनः भेट गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएका प्रधानमन्त्री ओलीले आजै साँझ ७ बजे आफ्नो मन्त्रिमण्डलका सदस्यहरुलाई बालुवाटार पनि बोलाउनु भएको छ ।

संसदको अधिवेशन हठात अन्त्य गरेर प्रधानमन्त्री ओलीले दल बिभाजनसम्बन्धी विधेयक ल्याउन लागेको सरगर्मी नेपाली राजनीतिमा बढिरहेको बेला प्रधानमन्त्री ओली पुनः राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयले भने यो भेटलाई नियमित मात्र भएको र केही आशंका गर्नु पर्ने पक्ष नरहेको बताएको छ ।

आज बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको अवस्थामा राष्ट्रपति भण्डारीसंगको भेट नियमित मात्र हुन नसक्ने टिप्पणी नेकपा भित्र हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV