२० असार २०७७, शनिबार

एजेन्सी, २० असार । ब्राजिलका राष्ट्रपति जैर बोल्सनोरोले एउटा कानूनको अनुमोदन गरेका छन् । जुन कानून अनुसार कोरोना महामारीको बेला सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने अनिवार्य रहेको छ ।यद्यपि त्यहाँ पसल, गिर्जाघर र स्कूलमा मास्क लगाउने अनिवार्यता भने अन्त्य गर्ने निर्णय गरिएको छ । सोशल मीडियामा एक सन्देशमा राष्ट्रपति जाइर बोलसनोरोले भने, ‘मानिसहरूलाई घरमा मास्क नलगाएमा जरिवाना लिन सकिनेछ , कोरोना भाइरस संक्रमित तथा महामारीका कारण मर्नेहरू दुबैको संख्याका आधारमा अमेरिका पछि ब्राजिल विश्वमै दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो।’

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकका अनुसार फेब्रुअरीको अन्तिमदेखि अहिलेसम्म करिब १५लाख मानिस ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् , ‘भने यस भाइरसको कारण ६१ हजार ८ सय ८४ मानिस मरेका छन्।’ बीबीसी दक्षिण अमेरिकाका संवाददाता क्याटी वाटसनले भने, ‘जाइर बोलसनोरोले मास्कको बारेमा धेरै वास्ता गरेनन् । ब्राजिलमा यस स्वास्थ्य सम्बन्धी सल्लाह र उनीहरूको महामारीसँग व्यवहार गर्ने तरिकाको बारेमा धेरै राजनीति भएको छ।’ क्याटी वाटसन भन्छिन्, ‘जहाँ मास्कको प्रयोग अनिवार्य गरिएको थियो, सबैले यो नियम अनुसरण गरेनन् र यसलाई कार्यान्वयन गर्ने प्रक्रिया पनि धेरै ढिलो भएको छ।’

डेपुटीहरूको चेम्बरमा पारित कानूनले यस्तो प्रावधान थप्यो जसअन्तर्गत वाणिज्य र औद्योगिक प्रतिष्ठान, धार्मिक स्थल, शैक्षिक स्थल र मानिस भेला भएका बन्द स्थानहरूमा मास्क लगाउनुपर्नेछ। तर शुक्रबार राष्ट्रपति बोल्सनोरोले यस प्रावधानमाथि भिटो प्रयोग गरे । उनको तर्क छ कि यस प्रावधानले सम्पत्तिमा मानिसहरुको अधिकार हनन गर्दछ। प्रस्तावित कानूनमा अर्को प्रावधान राखिएको थियो कि मास्कहरू गरीबहरुलाई बाँडिनु पर्छ।

राष्ट्रपति जाइर बोलसनोरोको भिटो अस्वीकार गर्न कांग्रेससंग ३० दिन बाँकी छ। उस्ले राष्ट्रपति जइर बोल्सनारोको भिटोलाई हराउन पूर्ण बहुमत ल्याउनु पर्ने छ । बोलसनोरो जोड दिँदै आएका छन् कि क्वारेन्टाइन र सामाजिक दूरीका नियमहरू कोरोना संकटको सामना गर्न अनुपयुक्त छन् । पहिले नै कमजोर ब्राजिलियन अर्थतन्त्रलाई कोरोना महामारीको कडाईले थप क्षति पुग्ने छ ।

ब्राजिलमा बिहीबार रातमा रियो दि जेनेरियोमा बार खोल्न अनुमति दिइयो। उही शहरमा, कोरोना महामारीको कारण ६ हजार ६ सय मानिस मरेका छन्। यसैबीच ब्राजिलका कांग्रेसका एक नेता डेभिड मिरांडाले एक फोटो पोस्ट गरेका थिए । जसमा लाबेलन शहरका दर्जनौं व्यक्तिहरूले सडकमा मदिरा पिइरहेका थिए । उनीहरुले न मास्क लगाएका थिए न त सामाजिक दूरीको नियमलाई पछ्याइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV