२० असार २०७७, शनिबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २० असार । ओखलढुंगा प्रहरीले ज्या’न मार्ने उद्योगका एक जना फ’रार अभियुक्तलाई ६ महिनापछि नियन्त्रणमा लिएको छ ।

गत वर्षको फागुन १० गते छिमेकीलाई मरनासन्न हुनेगरी कु’टपिट गरी फरार रहेका लिखु गाउँपालिका ४ का बिष्णु भनिने तारा बहादुर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार (आज) उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । नियन्त्रणमा परेका पाण्डेले गत फागुन १० गते मादक पदार्थ सेवन गरी छिमेकी रिका बहादुर थापालाई मरनासन्न हुनेगरी कुपपिट गरेका थिए ।

कु’टपपिटपछि पीडित रिका बहादुरका छोरा दल बहादुर थापाले जिल्ला प्रहरी कार्यलयमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराएपछि उनी फ’रार रहेका थिए ।

सामान्य विवादका कारण पाण्डेले रिका बहादुरलाई कु’टपिट गरेर खोलामा फालिदिएको पीडित पक्षको आरोप छ । घाइते रिका बहादुर लामो समयको उपचारपछि भर्खर मात्रै मात्र घर फर्किएका छन् ।

प्रहरी नियन्त्रणमा परेका पाण्डेलाई जिल्लामा ल्याइदै गरेकाले आइपुगेपछि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV