२० असार २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २० असार । नेपाल राष्ट्रवादी समूहले जनकपुरमा हिन्दूराष्ट्र स्थापनाको माग राख्दै प्रदर्शन गरेको छ ।प्राचीन मिथिलाको राजधानी जनकपुरको जनकचोकमा जम्मा भएका ठूलो संख्याका प्रदर्शनकारीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र कायम गर , भ्रष्टाचार बन्द गर भन्दै प्रदर्शन गरेका थिए ।जनकपुरको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको प्रमुख भागको परिक्रमा गर्दै पुनः जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो । पूर्व राष्ट्रिय सभाका सदस्य कारी यादवको अगुवाईमा निस्केको र्यालीमा युवा , महिला र साधु सन्तहरुको उल्लेख्य उपस्थिति थियो ।नेताहरुको कारण मुलुक नै बरबादी भई रहेको दावी गर्दै लाखौं करोडौं हिन्दूहरुको आस्थाको केन्द्र नेपाललाई बरबादीबाट बचाउन हिन्दू राष्ट्र कायम गर्नुको विकल्प न रहेको कारी यादवले न्यूज २४ लाई बताउनुभयो ।यादवका अनुसार देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु अपरिहार्य रहेकोले गर्दा आफूहरु यस अभियान व्यापक बनाउने तयारी गरिरहेको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV