१९ असार २०७७, शुक्रबार
  • विनय तिम्सीना,

इलाम, १९ असार । इलामको सूर्योदय नगरपालिका–३ कटेबुङबाट भन्सार छलेर ल्याइएको ९० बोरा मल, तीन वटा पिकअप गाडीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पशुपतिनगरको खुल्ला सिमाना हुँदै भारतबाट तस्करी गरी विभिन्न मालसामान ल्याउदै गरेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले सूर्योदय नगरपालिका वडा नं ३ कटेबुङबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

१७ च ८४३४, मे १ च ९८६ र बा १८ च ९७२ पिकअप गाडीहरु चेकजाँच गर्ने क्रममा लुकाएर ल्याइएको ९० बोरा ‘याराभेरा’ नामको मलहरु फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सूर्योदय नगरपालिका ३ बस्ने १९ वर्षीय अंकित कार्की, २१ वर्षीय अमर यल्मो र २० वर्षीय अभिषेक खवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदी जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV