१९ असार २०७७, शुक्रबार

एजेन्सी, १९ असार । दक्षिण अफ्रिकाले लकडाउन खुकुलो बनाइरहेको छ । तर त्यहाँको गरीब बस्तीहरुमा भने अहिले पनि कोरोना भाइरसको संक्रमण आगो सरह फैलिरहेको छ ।केप टाउनमा यस्तै शहरमा बसोबास गरिरहेका व्यक्ति र चिकित्सकहरूले बीबीसीका संवाददाता एन्ड्र्यू हार्डिंगसंग उनीहरूले कठिनाइहरूको सामना गरिरहेको बताएका छन् ।

रिक ग्रोमेर नामका एक डाक्टरले भनेका छन्, यहाँ भाइरस जंगलका आगो जस्तै फैलिरहेको छ । यस क्षेत्रका अस्पतालहरुले अवस्थालाई सम्हाल्न सक्षम हुने छैनन् ।

डाक्टरले अगाडि थपे, गम्भीर बिरामीहरूलाई अस्थायी स्वास्थ्य केन्द्रको एक ठाउँमा राखिएको छ जहाँ उनीहरूको मृत्यु निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV