१९ असार २०७७, शुक्रबार
  • भगतराम थारु,

नेपालगञ्ज, १० असार । लकडाउनको समयमा बाँके जिल्ला भित्र कतिपय कृषकले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा सास्ती भोगी रहेको अवस्था जिल्लाकै खजुरा गाउँपालिका–३ सृजना टोलमा सञ्चालनमा रहेका हिलपार्क कृषि तथा पशुपालन फर्ममा भैसीको दूध किन्नेको भीड लाग्ने गरेको छ ।

यसरी स्थानीयहरु नै कृषकको फर्ममा दूध किन्न आउन थालेपछि कृषकलाई उत्पादन गरेको दूध बिक्री गर्न भ्याई नभ्याई छ । फर्मबाट उत्पादन गरेको दूधलाई स्थानीयहरुले नै घरमा आएर लैजाने गर्दछन ।

स्थानीयहरुको दूधको मागलाई पूरा गर्न नसकिरहेका फर्मले अझै भैसीको संख्यामा बृद्धि गर्ने लक्ष्य राखेको सञ्चालक तुलबहादुर कँडेल बताउनु हुन्छ ।

दिनमा करिव ९० लिटरसम्म दूध विक्री गर्दै आएका किसानले अहिले मात्र पैतालिस लिटर सम्म दूध उत्पादन गर्दछन । दूधको मात्रामा कमि आएता पनि दूध किन्न आउनेहरुको संख्यामा कमि आएको छैन ।

विगत केही वर्षदेखि सोही फर्मबाट दूध किन्दै आएका स्थानीय उपभोक्ताहरुले केही लिटर थोरै भए पनि सोही फर्मबाट दूध गुणस्तरीय र सन्तुष्ट भएको स्थानीय उपभोक्ता उमाकान्त पौडेलले बताउनुभयो ।

अहिले उक्त फर्ममा १२ वटा भैसीहरु रहेका छन । लामो समयदेखि सोही फर्मबाट दूध किन्दै आएका स्थानीयहरु भैसीको शुद्ध दूध पाइने हुदाँ अन्य स्थानमा नजाने गरेका पाइएको स्तानीय दूध उपभोक्ता बुद्धि सागर आचार्यले बताउनुभयो ।

खासमा अहिले पनि कृषकहरुले उत्पादन गरेको उत्पादित वस्तुले बजार पाईरहेको छैन् तर यसरी स्थानीयहरुबाट कृषकलाई प्रत्यक्ष रुपमा सहयोग हुने हो भने उपभोक्ताले आफूले चाहेको शुद्ध तथा ताजा कृषि उपज खान पाउने र कृषकले गरेको परिश्रम पनि खेर जान नपाउने देखिन्छ ।

गाँउमै किसानले दूध बिक्रि गर्न पाउँदा र उपभोक्ताले छिमेकमै दूध किन्न पाउँदा टोलमै फाइदा पुगेको अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV