१९ असार २०७७, शुक्रबार

काठमाडौं, १९ असार । नेपाल रेडक्रस सोसाइटी (नेरेसाे) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको उपचारका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ । रेडक्रसले सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपङ्तिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने भएको हो ।

कोभिड-१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रका मानिसहरु तथा समुदायका सदस्यहरु सहित करिब ६० हजारलाई सेवा पु¥याउने उदेश्यले यो परियोजना ल्याइएको बताइएको छ ।

यो परियोजजना अन्तर्गत हस्तान्तरण समारोह असार १६ गते स्वास्थ्यतथा जनसंख्यामन्त्रालय परिसरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितीमा सुरु गरिएको छ । पहिलो चरणको सुरक्षा सामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्रीभानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुक ानिर्देशक डा. सागर कुमार राजभण्डारीलाई हस्तान्तरण गरिसक्नुभएको छ ।

यस सामग्रीहरु विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकल मास्क, के–९५ माक्स एक हजार एकसय पचास थान, ५५० थानहुडको साथ डिस्पोजेबल कभर्अल, शुरक्षा चस्मा ३०० वटा, दशहजार जोडी पञ्जा, ४४० थान सुरक्षा बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४५० र १५ हजार एक सय अठार थान साबुन रहेका छन् । आगामी २ हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्ने बताइएको छ ।

सामग्री वितरण समारोहमा मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाईमा सहयोग गर्न सामग्री सहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका-कोलालाई धन्यबाद व्यक्त गर्दै भन्नुभयो । उहाँले भन्नुभयो- “यो कठिन समयमा सबैको सहयोग आवश्यक छ र प्राप्त सबै सामग्रीहरुपारदर्शी रुपमा रेकर्ड गरिनेछभनेर हामी सुनिश्चित गर्न चाहन्छौंर यसको उचितवितरण गरिने छ । नेपाल सरकारले यी सामग्रीहरु नपुगेको स्थानमा तत्काल सामान पठाउनेछ ।”

शुक्रराज अस्पतालका टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीले यो सामग्रीले डाक्टर, नर्स लगायतअग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउनुभयाे । उहाँले भन्नुभयाे,- “अस्पतालले संक्रमितहरुलाई स्वास्थ्य किट उपलब्ध गराउन कडा परिश्रम गर्दै आइरहेको छ र प्राप्त सामग्रीहरु हामीहरुका लागि पनि निश्चय नै उपयोगी हुनेछन् ।”

“नेपाल रेडक्रस र द कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास हो ।” नेपाल रेडक्रसकाअध्यक्ष संजीवथापाले बताउनुभयो । रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ताअत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अतिआवश्यकसुरक्षा सामग्रीहरुको ठूलो महत्व छ । उपकरणहरूसँगै प्रयोग विधिहरु सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यसक्रम माबन्दाबन्दीको नियम को पालना र भौतिक दूरी कायम गरिने छ ।”

“मुलुक र नागरिकहरुलाई सुरक्षित राख्नअथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपतकालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराउन नेपाल रेडक्रस लगायतहाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशीलागेको छ ,कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो ।”

तीव्र गतिले फैलिइरहेको कोभिड-१९ महामारीको परिस्थितिमा संक्रमण रोकाथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथाक्वारेन्टिन सहयोग लगायतविभिन्न क्षेत्रमा सरकार, स्थानीयतह, स्थानीय समुदाय, रेडक्रसका विभिन्ननिकायहरु, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV