१९ असार २०७७, शुक्रबार

काठमाडौं, १९ असार । नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भई विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगूनका विषयमा नेपालका केही सञ्चारमाध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति सगुनको ध्यानार्कण भएको जनाएको छ ।

सगुनले प्रेस विज्ञप्ती जारी गर्दै अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयर सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त गरेको जनाएको छ । साथै, सोही आयोगको नियमभित्र रहेर सोही निकायले नियमन गर्दै आइरहेको पनि जानकारी गराएको छ ।

इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भई भारतीय रिजर्व बैंकद्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको जनाएको छ ।

यसका साथै, नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानूनी प्रकृया पूरा गरी सगून नेपाल प्राइभेट लिमिटेड सन् २०१७ मा दर्ता गरिएको जानकारी गराइएको छ । साथै सगूनले नेपाल राष्ट्र बैंकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृति प्राप्त भएको जानकारी पनि गराएको छ ।

सगूनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सुरुमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन । नयाँ परिवर्तित कानूनी व्यवस्थाअनुसार अब एसईसीले योग्य ठह¥याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्नेछन् ।’

सगुन अमेरिकी कानून अनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोगबाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी जनाइएको छ ।

सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेका जनाएको छ ।

नेपाली र नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी जनाएको छ । त्यस्तै, विदेशमा रहेका लाखौँ नेपालीहरु समक्ष पु¥याउन सगुन उत्साहित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV