१९ असार २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १९ असार । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा जनकपुरधाम उप महानगरपालिकाको लापरवाहीको कारण फोहर-दुर्गन्धित भएको छ ।
उप महानगरपालिकाले नगर भित्रको सर सफाईमा ध्यान नदिँदा यतिबेला जानकीनगर जनकपुर कुरूप र दुर्गन्धित बन्न पुगेको हो ।

पछिल्लो समय नगरपालिकाबाट उपमहागरको उपाधिपाएको जनकपुरमा सर सफाई प्रति सरोकार वालाले ध्यान नदिँदा नगर पुरै दुर्गन्धित बन्न पुगेको स्थानीयको भनाई रहेको छ ।

जनकपुरको प्रमुख चोकहरु पुरानो बस पार्क, भैरव चौक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानंद चोक, पिडारी चोक, पुल चोक सहितको स्थानहरुमा बिहानै फोहर व्यवस्थापन न हुँदा शहर कुरूप देखिएको हो ।

जनकपुरधाम उप महागर पालिकाले सर सफाईमा ध्यान न दिएको कारण नै सहर कुरूप बनेको स्थानीय युवा अगुवा सरोज मिश्रले न्यूज २४ लाई बताए । मिश्रले भने, मेयरलाई कुनै मतलब छैन, यहाँ सरसफाई र ढल निकास सबैको दुर्दशा त्यस्तै छ ।

उप महानगरपालिकामा आफूहरुले बारम्बार बोर्ड बैठकमा फोहोर मैला व्यवस्थापनका लागि २५ ओटै वार्डको लागि ट्याक्टर खरीद गर्न माग राख्दा समते मेयरले ध्यान न दिएको उप महानगरपालिका ७ का वडा अध्यक्ष जानकीराम साहले बताउनु भयो ।

वडा अध्यक्ष साहले मेयर आफुखुशी बजेट चलाउने गरेको र कुनै सफाई उपकरण खरीद गर्दा आफुखुशी नै खरीद गर्ने गरेको अरोप समेत लगाउनुभयो । यता नयाँ उप महानगरपालिकामा समावेश गरीएको ९ ओटा वडाहरुको समेत स्थिती बिजोग बन्न पुगेको छ । उपमहानगरपालिकाको वडा २१ , २२, १७, २०, २४ लगायतका वडाहरु समेत हिलाम्ये रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV