१९ असार २०७७, शुक्रबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १९ असार । प्रदेश नीति आयोगले प्रादेशिक पाश्र्वचित्र (प्रोभिन्सियल प्रोफाइल)सहित चारवटा पुस्तक सार्वजनिक गरेको छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नीति आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको पुस्तकहरुमा प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मूल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दीगो विकासका लक्ष्यहरुको आधारशीला प्रतिवेदन रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘तथ्य र तथ्यांक विना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिदैन । त्यसलाई नै दृष्टिगत गरेर यो पुस्तकहरु ल्याइएको हो । यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पुस्तकहरुको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । उनले भने, ‘प्रदेश सरकारको यो पहिलो प्रयास हो । अगामी दिनमा यसलाई अझै परिस्कृत गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV