१९ असार २०७७, शुक्रबार

काठमाडौं, १९असार । न्यून आय भएको मुलुकमा रहँदै आएको नेपाल न्यून मध्यम आय भएको मुलुकमा बढुवा भएको छ । विश्व बैंकले प्रतिव्यक्ति आयका आधारमा विश्वभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै यो वर्ष नेपाललाई एक तह बढुवा गरेको हो ।

विश्व बैंकका अनुसार १०३६ देखि ४०४५ डलरसम्म आय भएका मुलुक न्यून मध्यम आय भएका मुलुकमा गणना हुन्छन् । यो वर्ष नेपाल पनि सोही समूहमा बढुवा भएको हो । नेपालको प्रतिव्यक्ति आय १०९० अमेरिकी डलर रहेको छ ।

यस अगाडि नेपाल १०३६ डलरभन्दा न्यून प्रतिव्यक्ति आय भएका मुलुकमा थियो । त्यसोत, ४०४५ देखि १२५३५ डलरसम्म आय भएका मुलुक उच्च मध्यम आय वर्गमा हुन्छन् । त्यस्तै, १२५३५ माथि आय भएका मुलुक उच्च आय वर्गमा हुन्छन् ।

विश्व बैंकका अनुसार न्यून, मध्यम न्यून, उच्च मध्यम र उच्च आय वर्गमा मुलुकहरुको बर्गिकरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV