१९ असार २०७७, शुक्रबार

एजेन्सी, १९ असार । भारतमा अपराधी समात्न गएको प्रहरीमाथि नै गो’लाबारी भएको छ । रातिको समयमा उत्तर प्रदेशको कानपुरमा प्रहरीमाथि अपराधीले गो’लाबारी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

त्यसक्रममा भारतीय प्रहरीका एक डीएसपीसहित ८ प्रहरीको ज्यान गएको र अन्य धेरै प्रहरी घाइते भएको जनाइएको छ । ती प्रहरीहरु एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबे भन्ने व्यक्तिलाई पक्राउ गर्नका चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुग्दा गाे’लाबारी भएको बताइएको छ ।

प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो अवरोध गरेका थिए । त्यसपछि अ’पराधिको समुहले प्रहरीलाई छतबाट गो’लाबारी गर्दा ८ प्रहरीको ज्यान गएको हो । घटनामा घाइते भएका प्रहरीहरुको उपचार भैरहेको बताइएको छ । विकास दुबेमाथि ६० वटा मु’द्दा दर्ता भएपछि उनलाई प’क्रन प्रहरी त्यहाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV