१९ असार २०७७, शुक्रबार

एजेन्सी, १९ असार । सात खेल अगावै इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल म्यानचेस्टर सिटीसँग लज्जास्पद पराजित भएको छ । गएराति सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ४-० को फराकिलो अन्तरले पराजित भएको हो ।

सिटीको जितका लागि केभिन डे ब्रुएन, रहिम स्टर्किङ र फिल फोडेनले एक एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा नै लिभरपुल पछि परेको थियो । सिटीका केभिन डे ब्रुएनले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-० गोलले पछि पारेका थिए । त्यस्तै ३५ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले फोडेनको पासमा गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । उनके ब्रुएनको पासमा गोल गरेका थिए । दोस्रो हाफमा थप एक गोल सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको ६६ औं मिनेटमा एलेक्स ओक्सल्डे च्याम्बरलेनले आत्मघाती गोल गरेपछि सिटीले ४-० गोलको जित निकालेको हो ।

जितसँगै सिटी ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानाको च्याम्पियन लिभरपुलको समान खेलबाट ८६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV