१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुग्नुभएको छ । प्रधानमन्त्री ओली ‘इनफ इज इनफ’ अभियानका अभियन्तालाई भेट्न अस्पतालमा पुग्नु भएको हो ।कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूलाई स्वास्थ्य अवस्था विग्रिएपछि उपचार गर्नका लागि अस्पतालमा पुर्याइएको हो ।प्रधानमन्त्री ओली युवाहरूको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुग्नुभएको हो । युवाहरु पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडिको पाटीमा अनसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV