१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । समाजवादी जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कुनै कुनै प्राणीलाई घीउ नपचेको जस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई पनि दुई तिहाई बहुमतको सरकार नपचेको टिप्पणी गर्नु भएको छ ।

नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपीशर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला पूर्वप्रधानमन्त्री भट्टराईले उक्त टिप्पणी गर्नु भएको हो ।


‘कुनैकुनै प्राणीलाई घीउ पच्दैन रे, हाम्रा कमरेडहरूलाई पनि दुई तिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ उहाँले भन्नुभएको छ, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा बढी गम्भीर भो ’ भट्टराईले त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् भन्दै खबरदारी गर्नुपर्ने समेत बताउनु भएको छ । ‘सबै सजग रहौं र खबरदारी गरौं, यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्’ उहाँले भन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV