मुसहर समुदायको सरकार विरोधी प्रदर्शनमा झडप, प्रहरीसहित दुई घाइते, ६ राउण्ड गोली प्रहार



प्रकाशित मिति : Jul 02, 2020
  • घनश्याम मिश्र,

जनकपुरधाम, १८ असार । राजु सदा, शम्भू सदा र मलार सदाको मृत्युमा राज्य दोषी रहेको भन्दै दलित समुदायले बिहीबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय अगाडि पुगेर ढुङ्गा मूढा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनकारी र प्रहरीबीच केहि समय झड़प समेत भएको छ ।

झड़पको क्रममा एक जना प्रदर्शनकारीको टाउको फुटेको छ भन्ने एक जना प्रहरी समेत घाइते भएका छन । आक्रोशित भीड़लाई नियन्त्रणमा लिन धनुषा प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले न्यूजÞ २४ लाई बताउनु भयो ।

तीन राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बस्नेतले बताउनु भयो । उहाँले एक जना प्रदर्शनकारीलाई पक्राउ समेत गरेको बताउनुभयो । यसअघि प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा ठूलो संख्यामा जम्मा भएका मुसहर समुदायले सरकार विरुद्ध रयाली निकालेका थिए ।

गाउँ गाउँबाट ट्याक्टर र साना गाड़ीमा जनकपुर पुगेका प्रदर्शनकारीहरु जनकपुरको ऐतिहासिक रंगभूमि मैदानमा जम्मा भएका थिए । नगरको बिभिन्न भागको परिक्रमा गर्दै हजारोंको संख्यामा प्रदर्शनकारीहरु स्थानीय जनकचोकमा गएर कोण्ढासभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै दलित अगुवाहरुले सप्तरीमा भोककै कारण मलार सदा, प्रहरी हिराशतमा शम्भू सदा र जेठ ९ गते उपचार न पाउदा राजु सदाको ज्यान गएको भन्दै दोषीलाई कारवाहीको माग समेत गरेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com