१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । लकडाउन खुकुलो बनेसंगै र आवतजावतमा समेत निगरानी कमजोर हुँदा काठमाडौं उपत्यकामा संक्रमितको संख्या हरेक दिन थपिन थालेको छ ।

गत सोमबारदेखि हरेक दिन काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिदो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र २८ संक्रमित थपिएका छन् ।

यसैगरी ललितपुर र भक्तपुरमा २/२ जना संक्रमित थपिएका छन् । गत सोमबार काठमाडौैं उपत्यकाका आठ जनामा संक्रमण देखिदा मंगलबार १४ जनामा संक्रमण फेला परेको थियो ।

यस्तै बुधबार काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । बिहीबार थपिएका ३२ संगै पछिल्लो ४ दिनमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७१ पुगेको छ ।

थपिएका संक्रमितहरुको ठाउँ ठेगाना भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV