१८ असार २०७७, बिहीबार
  • मनिराज पाण्डे,

कालिकोट, १८ असार । कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमित थपिदा ४९ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

लेखवेशी आइसोलेसन सेन्टर सुर्खेतबाट ३३ जना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना, प्रदेश अस्पताल सुर्खेतबाट २ जना र साल्कोट आइसोलेसन सेन्टर २ जना गरी ४९ जना कोरोना जितेर घर फर्किएका छन् । आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार १ सय २७ पुगेको छ ।

यसैगरी प्रदेशमा आज थप ६ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणबाट सुर्खेतका ३ जना, दैलेखका १ जना र स्याङजाका (स्याङजा घरभइ कर्णालीमा कार्यरत) १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट कालिकोट पलाँता ३ का १ पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV