१८ असार २०७७, बिहीबार
  • दान बहादुर बुढा

मुगु, १८ असार । नेपाली काँग्रेसकाका संस्थापक नेता विश्वश्वर प्रसाद कोईरालाको नामबाट स्थापित वीपी स्मृती प्रतिष्ठानको भवन निर्माणको लागि आज शिलान्यास गरिएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाम गमगढीमा बिहीवार भवन निमार्णका लागि शिलान्यास गरिएको हो ।

भवन निर्माणको लागि नगरपालिकाले आर्थिक बर्ष २०७६।७७मा भवन निमार्णका ४३ लाख रकम विनियोजन गरिएको छ, नगर प्रमुख हरिजंग शाहीले भन्नुभयो । उहाँको अनुसार प्रतिष्ठानको भवन २ तलाको निर्माण हुने छ । उक्त भवन कुल लागत ८३ लाख भएपनि यो बर्ष पहिलो तला ४३ लाखमा सम्पन्न गरिने छ । मुगुको सदरमुकाम गमगढी स्थित छायाँनाथ रारा नगरपालिका वडा नं २ स्थित प्रशासन कार्यालय नजिकै उक्त भवन बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV