१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम विहीबार (आज) अपरान्ह पाँच बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्री तुम्बाहाम्फेले अंगीकृत नागरिकता विधेयक र निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अन्य केही नभएको बताउनुभएसँगै प्रधानमन्त्री ओलीले विहीबार (आज) साँझ पाँच बजेबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाउनुभएको थियो ।

गत बैशाख २६ गतेबाट सुरु भएको संसदको उक्त अधिवेशनले नागरिकता र निजामतीसम्बन्धी विधेयक तथा एमसीसी सम्झौताबारेसमेत निर्णय गर्नुपर्ने थियो । बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

मन्त्रिपरिषद् बैठक सुरु हुनु अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV