१८ असार २०७७, बिहीबार

एजेन्सी, १८ असार । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणको ५४ वटा नयाँ देखिएका छन् । संक्रमणका नयाँ घटना त्यहाँको राजधानीको बाहिर इलाकामा देखिएको जनाइएको छ ।संक्रमण फेला पर्ने ग्वांजु जस्ता शहरहरू पर्छन् । ग्वांजुमा यो हप्ता संक्रमणका दर्जनौं घटनाहरू रेकर्ड गरिएको छ । त्यहाँका स्कूलहरू बन्द गरिएका छन् । संक्रमणको रोकथामका लागि कडा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्यमन्त्री पार्क न्वेंग हूले कोरोना संक्रमणको बढ्दो घटनामा भएको बैठकमा ग्वांजुको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाका अन्य ठूला शहरहरूको तुलनामा ग्वांजु कोरोना संक्रमणको केसहरू त्यो स्तरमा चिन्ताजनक नभएको जनाइएको छ ।

स्वास्थ्य मन्त्री पार्क न्वेंग हूले शहरका जनतालाई अनावश्यक रूपमा बाहिर नजान, सामाजिक दूरीका नियमहरूको पालना गर्न र मास्क लगाउन अपील गरेका छन् ।

दक्षिण कोरियामा कोरोना संक्रमणको संख्या बढेर १२ हजार ९ सय ४ पुगेको छ। हालसम्म त्यहाँ २ सय ८२ व्यक्तिको मृत्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV