१८ असार २०७७, बिहीबार

वीरगन्ज, १८ असार । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा जीपी कोईराला फाउण्डेशन पर्साले वीरगन्जमा विभिन्न तीन दिवसीय कार्यक्रमको आयोजना गरेको छ ।

स्व. कोईरालाको ९६औं जन्मजयन्तीको अवसरमा मानव सेवा आश्रममा आज दिवा खाना तथा राहतस्वरुप चामल दुई बोरा, मिठाई, आप १ करेट आश्रममा प्रदान गरिएको छ ।

जीपी कोईराला फाउण्डेशन पर्साले कोईरालाको जन्मजयन्तीको अवसरमा तीन दिवसीय कार्यक्रमको घोषणा गरेको छ । पहिले दिनको र्कायक्रममा मानव सेवा आश्रममा औपचारिक र्कायक्रमलाई सम्बोधन गर्दै फाउण्डेशन, पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गिरिजाप्रसाद कोईरालाको योगदान स्मरणीय रहने बताए । कोईरालाले देखाएको सहमति सहकार्य र एकताको खाँचो अहिले पनि उत्तिकै रहेको सभापति सहाबुद्दिनले बताए ।

जीपी फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनितिक चेतना अहिले पनि उतिकै सान्दर्भिक रहेको जिकिर गरेका थिए । फाउण्डेशन पर्साले आयोजना गरेको पहिलो दिनको औपचारिक कार्यक्रमको सभापतित्व मोहम्मद सहाबुद्दिनले गरेका थिए ।

र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह, सह सचिव मिन्टु देवी सिंह, सदस्यद्वय प्रीति सिंह, जितेन्द्र सिंह, बाबु नन्दप्रसाद पटेल, मेहबुब अलि शेरु, मानव सेवा आश्रमका संयोजक देवेश गुप्ता, फाउण्डेशनका वीरगञ्ज नगर सभापति आकाश चौहान, नेपाली कांग्रेसका बुथ सभापति शेख निजामुदिन, प्रेस युनियन पर्साका सचिब किशाेर सिंह, फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सन्दीप केवटको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV