१८ असार २०७७, बिहीबार

काठमाडौं, १७ असार । सलह कीरालाई नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएमा ललितपुर महानगरपालिकाले प्राेत्साहन रकम दिने भएको छ । महानगरपालिकाले सलह कीरा काठमाडौं उपत्यकामा प्रवेश गरिसकेकाे जनाउँदै नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएलाई प्राेत्साहन रकम दिने जनाएकाे छ ।

‘सलह कीरा संकलन गरी आफ्नो वडामा बुझाउने व्यक्तिलाई संघिय सरकारको नियमअनुसर दरले प्राेत्साहन स्वरूप रकम उपलब्ध गराइने छ,’ महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

‘धानबालीको बिउ, तरकारीको बाली तथा अन्य बालीको बचावटको लागि झुल वा जालीले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठूलो ध्वनि निकालेर बजाउने,’ विज्ञप्तिमा भनिएको छ,’ संकलन गरेर नष्ट गर्ने, दुईतिर बसेर लामो डोरी समाएर हल्लाउने, धुवाँको प्रयोग गरी बचाउने।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV