१८ असार २०७७, बिहीबार

एजेन्सी, १८ असार ।  इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले ब्रेस्कियाको गोल पोस्टमा आधा दर्जन गोल गरेको छ । गएराति घरेलु मैदानमा  भएको खेलमा मिलानले ब्रेस्कियामाथी ६-० गोलको फराकिलो जित निकालेको हो ।

ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए । उनी सिजनको अन्तिमसम्म क्लबमै रहने बताइएको छ । उनले क्लबसँग सिजनको अन्तिमसम्म रहने गरि भर्खरै सम्झौता गरेका छन् ।

जितसँगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV