१७ असार २०७७, बुधबार

वसिङ्गटन, १७ असार । नेपाल , माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैकको नयाँ राष्ट्रिय निर्देशकमा अमेरिकी नागरिक फारिस हदाद जर्भोस नियुक्त भएका छन् ।

फारिसले कोठमाडौं उप–क्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फाबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नेछन् । यस अघि अदाद भर्जोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।

हदादनर्भो जर्भोस सन् १९९६ देखि विश्व बैंकसंग आबद्ध छन् । यस अघि उनले मलेसिया र बोलिभिया खाडी सहकार्य राष्ट्र प्रबन्धकको रुपमा काम गरिरहेका छन् । साथै उनले यस अगाडि खाडी सहकार्य राष्ट्रहरुमा प्राविधिक सहकार्य प्रबन्धकका रुपमा, ईराकमा मिसन प्रमुखका रुपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चालन प्रबन्धकका रुपमा, काम गरिसकेका छन् ।

कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीन वटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उनको नियुक्ति भएको हो। जर्भोसले भने, “देशहरूले कोभिड–१९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनस्र्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ।

उनेले अगाडि थपे, “विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड–१९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु, र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु आफ्नो पहिलो प्राथमिकता रहनेछ । यसका लगि म तिनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छु।”

विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढीको कोभिड १९ आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको बताएको छ । यसले कोभिड १९ को महामारी रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV