१७ असार २०७७, बुधबार

काठमाडौं, १७ असार । सैनिक आचरण विपरित गतिविधि गरेको भन्दै नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।

बुधबार सैनिक अदालतले सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

सैनिक अदालतले बर्खास्त गरेको सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए, भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेका हुनाले उनीहरुलाइ बर्खास्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV