१७ असार २०७७, बुधबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १७ असार । बुद्धनगरीको तौलिहवा मर्यादपुर सडक खण्डलाई स्वच्छ र हराभरा बनाउन सडकको दायाँबायाँ बृक्षरोपण गरिएको छ । प्रदेश नम्बर ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको सहयोमगा वन डिभिजन कार्यालय कपिलस्तुको अगुवाईमा सडक सौन्दर्य कार्यक्रम अन्तर्गत सो बृक्षरोपण गरिएको हो ।नयाँटोलको बसपार्कको छेउदेखि उत्तरतर्फ पर्ने ३ सय मिटर सडक दायाँबायाँ बृक्षरोपण कार्य अघि बढाईएको हो । बिरुवाको संरक्षणका लागि ट्रि गार्ड समेत लगाईएको छ । कपुर, राजबृक्ष, बीरेन्द्र फुल लगाईएको छ। बृक्षरोपणको शुभारम्भ गर्दै प्रदेश सदस्य धरमबहादुरलाल श्रीवास्तवले बृक्षरोपणले पुरानो सकडकारुपमा रहेको तौलिहवा– मर्यादपुर सडक खण्डको केही भाग भए पनि सुन्दर स्वच्छ र हराभरा हुने बताउनुभयो ।

‘बुद्ध नगरीमा प्रबेश गर्ने पर्यटकलाई सडकको दायाँबायाँ गरिएको बृक्षरोपणले सडक सुन्दर देखिनुका साथै वातावरण समेत मनोरम हुने उहाँको भनाइ छ । रोपिएका बृक्षको सबैले संरक्षण गर्नु पर्नेमा उहाँको जोड छ । सो अवसरमा डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले प्रदेश सरकारको सहयोमगा पुरानो सडकको केही भागलाई बृक्षरोपणका माध्यमबाट सौन्र्दयीकरण गर्ने प्रयास गरिएको बताउनु भयो ।

यस्तै कपिलस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले सडकको दायाँबायाँ गरिएको बृक्षरोपणले सडकको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो । बृक्षहरुको संरक्षणमा नगरपालिको समेत ध्यान पुर्याउनु पर्ने उहाँहरुको भनाइ छ ।

सडकको दायाँबायाँ ३ सय मिटरको दूरीमा बीस बीस मिटरको फरकमा बिरुवा रोपिने सहायक वन अधिकृत मदनमाहेन स्यान्डीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV