१७ असार २०७७, बुधबार
  • मनिराज पाण्डे,

कालिकोट, १७ असार । कर्णाली प्रदेशमा २५ जना कोरोना संक्रमित थपिदा ६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

मेहेलकुना अस्पताल सुर्खेतबाट ५ जना र साल्कोट आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना गरी ६ जनाले कोरोना जितेर घर फर्किएका हुन् । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ७८ पुगेको छ ।

यसैबीच प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सल्यानका १५ जना, सुर्खेतका ७ जना र दैलेखका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षणबाट जुम्ला तिला गाउँपालिका २ का १ पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV