१७ असार २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, १७ असार । खानेपानी सिँंचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इञ्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख मल्ल,सव इञ्जिनियर वीरेन्द्र चन्द, रञ्जीत श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाइ घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

उनीहरुले भगवतीमाई गाउँपालिका–३ मा सञ्चालित सानतडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात रकम भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको सापकोटाले बताउनु भयो । मल्ललाई आवासबाटै दुई लाख ४१ हजार १६ रुपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानकै सिलसिलामा सव इञ्जिनियर रञ्जीत श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेसहित ४ जनालाई असार १६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV