१७ असार २०७७, बुधबार
  • दान बहादुर बुढा,

मुगु, १७ असार । लकडाउनको समयमा मुगुको चैना गाँउका स्थानीयबासीको घर-घरमा खानेपानीको धारा निर्माण हुन थालेको छ । खानेपानी लिनका लागि करिब ३० मिनेट समय खर्चनुपर्ने ठाउँमा घर-घरमा धारा बन्न थालेपछि स्थानीय निकै हर्षित भएका छन् ।

छाँयानाथ रारा नगरपालिका-२ चैना गाँउमा ५० घरधूरी छन् । उनीहरुलाई गाँउबाट करिब १५ मिनेट टाढाको चैना खोलाको धाराबाट लाइन बसेर खानेपानी ल्याउनपर्ने बाध्यता थियो, तर लकडाउनको सदुपयोग गर्दै घर-घरमा धारा निर्माण हुन थालेपछि चैनाबासी निकै हर्षित भएका छन् ।

चार किलोमिटर टाढाबाट पाइपमार्फत् ल्याइएको पानीलाई जम्मा गर्न १२ हजार घनमिटरको आरबीटी ट्याङ्की निर्माण गरी चैना गाँउका प्रत्येक घरधूरीलाई आँगनमै खानेपानीको धारा निर्माण गरिएको हो । खानेपानीको धारा बालमैत्री बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV