१७ असार २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १७ असार । जनकपुर ढल्केबर सडकखण्डको हरैया–४ मा मोटरसाइकल दुर्घटना हुँदा २ को मृ’त्यु भएको छ । बुधबार महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ को मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्र नगरका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्या’न गुमाएका दुवै जनाको शव प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी गराइएको छ ।

दुर्घटनामा जनकपुरधाम उपमहानगर पालिका–२० देवपूरा रुपैठाका आमा धर्मा देवी शर्मा र छोरा नवीन शर्माको मृ’त्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV