१७ असार २०७७, बुधबार

एजेन्सी, १७ असार । ‘हङकङमा स्वतन्त्रता’ भन्ने नाराको साथ पोष्टर बोकेका एक प्रदर्शनकारीलाई चीनले लगाएको नयाँ कानून अन्तर्गत गिरफ्तार गरिएको छ । अधिकारीका अनुसार नयाँ कानून अन्तर्गत नियन्त्रणमा लिइएका ती व्यक्ति पहिलो रहेको जनाइएको छ ।बेलायती शासनको अन्त्यको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा केही प्रदर्शनकारीहरू शहरमा जम्मा भए र उनीहरूलाई तितरबितर पार्न पुलिसले पहिलोपटक खुर्सानीको धुलो प्रयोग गरिएको स्प्रे हानेको थियो ।

हङकङमा चीनले लागू गरेको राष्ट्रिय सुरक्षा ऐन कथित रूपमा विभाजन, तोडफोड र आतंकवादमा संलग्न व्यक्तिलाई लक्षित तुल्याउन ल्याइएको हो । यस अन्तर्गत अभियुक्त दोषी प्रमाणित भएमा जेल सजाय हुन सक्छ । जबकि आलोचकहरू भन्छन्, ”हङकङका जनताको स्वतन्त्रता छिन्न चीनले यो विवादित कानून लागू गरेको छ । जुन चीनले कुनै समय ग्यारेन्टी गरेको थियो। ”

सन् १९९७ मा हङकङलाई चीनले चीनले फिर्ता लियो र चीनले फिर्ता लिदा हङकङमा कम्तिमा पचास वर्षसम्म केही स्वतन्त्रताको संरक्षण गर्नेछ भन्ने सम्झौता भएको थियो। अमेरिकी विदेश सचिव माइक पोम्पीओले भनेका छन, ”चीनले हङकङका जनतालाई ५० बर्षको स्वतन्त्रताको वाचा गरेको थियो जुन चीनले २३ बर्षमा नै तोड्यो।”

यद्यपि हङकङका नेता क्यारी लामले भनेका छन, ”यो कानूनले २०१९ मा व्यापक हिंसात्मक प्रदर्शनपछि शहरमा स्थिरता फिर्ता गर्न मद्दत गर्दछ ।” उनले थपे, ”बेलायतको प्रस्थान पछि यो नयाँ कानून चीन र हङकङ प्यलनबीचको सम्बन्धमा हालसम्मको सबैभन्दा ठूलो परिवर्तन हो, यसले स्थिरता ल्याउनेछ।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV