१७ असार २०७७, बुधबार

काठमाडौं, १७ असार । तनावमय अवस्थामा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य रहनु भएकी ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न संसद बैठकमा जानु पर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आज ५ स्थायी कमिटी सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

उनीहरुले पाटी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउदै प्रधानमन्त्रीलाई पार्टीको धारणा र सुझाव अनुरुप अघि बढ्न सुझाव दिएको बताइएको छ । अब अर्को बैठक भोलि बिहीबार विहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV