१७ असार २०७७, बुधबार
  • कृष्ण बिष्ट

बैतडी, १७ असार । बैतडीमा पनि सलह किरा देखिएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १० मा सलह किरा देखिएको हो । नगरपालिकाको वडा नं १० को ठाँटा भन्ने ठाउँमा सलह किरा देखा परेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिनुभयो ।

मंगलबार स्थानीयले सलह जस्तै किरा जस्तै देखिएको भन्ने जानकारी गराएपछि कृषि ज्ञान केन्द्र बैतडीको टोली सहित पाटन १० को ठाँटा पुगेको थिए । सो स्थानमा सलह जस्तै देखिएको किरा सलह किरानै भएको पुष्टि भएको छ, प्रमुख अवस्थीले भन्नुभयो । सो स्थानमा करिब १-२ सयको हाराहारीमा सलह देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV