जापानमा डीएनए प्रविधिमा आधारित कोरोना भाइरसविरुद्धको सम्भावितको खोपको परीक्षण सुरु



प्रकाशित मिति : Jun 30, 2020

एजेन्सी, १६ असार । मेडिकल स्टार्ट अप एंगेजले आफूले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको परीक्षण मानवमा सुरु गरिसकेको बताएको छ । जापानमा यस्तो खालको परीक्षण पहिलो रहेको जनाइएको छ ।यो सम्भावित खोप डीएनए प्रविधिमा आधारित छ । जुन बिरामीहरूमा प्रतिरक्षा प्रतिक्रिया सुरू गर्दछ र ठूलो मात्रामा तयार गर्न सजिलो हुन्छ । कम्पनीले अर्को वर्षको ३१ जुलाईसम्म ओसाका शहर विश्वविद्यालय अस्पतालमा परीक्षणहरू जारी रहने जनाएको छ।

यसैबीच, भारतमा पनि मानवमा अर्को खोपको परीक्षण सुरु भएको छ । डब्ल्यूएचओका अनुसार हाल विश्वभर १ सय ५० खोपहरू परीक्षणकोरुपमा सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com