तोकिएको मितिमा नै कांग्रेसको महाधिवेशन हुने, अन्य कार्यतालिका परिमार्जन



प्रकाशित मिति : Jun 30, 2020

काठमाडौं, १६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको हो ।

यही असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको जानकारी गराइएको हो ।

त्यस्तै, बैठकले साउन मसान्तभित्र सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने तथा पुस ७ गते मुलुकभरका सात हजार वडाको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय गरेको पनि जानकारी गराइएको छ ।

पार्टीको महाधिवेशन पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com