बागलुङमा एकै साथ ६८ जनाले कोरोनालाई जिते



प्रकाशित मिति : Jun 30, 2020
  • रविना बोहरा

बागलुङ, १६ असार । बागलुङ जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अस्पताल बागलुङ तथा नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका ६८ जनाकै पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।

धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ४२, धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा बसेका ११ जनालाई मंगलबार डिस्चार्ज गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो । यस्तै गलकोट नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १५ जनालाई घर पठाइएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नेपाल सरकारले १४ दिन आइसोलेसन बसाईपछि परीक्षण बिनै घर पठाउन सक्ने कार्यविधि जारी गरेपनि गण्डकी प्रदेश सरकारले अन्तिम रिपोर्ट नेगेटिभ आएमात्र घर पठाउन भने अनुसार बागलुङमा एकैसाथ ६८ जनालाई घर पठाइएको हो । उनीहरुलाई दुई हप्ताहोम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

धौलागिरी अस्पतालबाट आधिकारीक रुपमा डिस्चार्ज गरेपनि स्थानीय तहले एम्वुलेन्स मार्फत नलैजादा सम्म आइसोलेसनमै राखिने सूचना अधिकारी गौतमको भनाइ रहेको छ । यो संगै बागलुङमा कोरोना जितेर घर फर्कनेको संख्या ९२ पुगेको छ । हाल बागलुङमा कोरोना संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com