पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो



प्रकाशित मिति : Jun 30, 2020
  • सुमन कार्की,

पाल्पा, १६ असार । पाल्पामा जिल्लामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१४ पुगेको छ । सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना महिला र ३८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।

रम्भा गाउँपालिकाका १५ जना पुरुष र २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका १२ पुरुष र १ महिला गरी १३ जना, पूर्वखोलाका १० जना पुरुष र रामपुर नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका सबै जना भारतबाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका हुन् । उनीहरुको अवस्था सामन्य रहेको सम्बन्धित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन् ।

अहिलेसम्म रम्भा गाउँपालिकामा ३९, रैनादेवी छहरा गाउँपालिकामा ३३ जना, पूर्वखोलामा १ सय ५९ जना, रामपुरमा १ सय १२ जना संक्रमित फेला परेका छन् ।

यस अगाडि तिनाउ गाउँपालिकामा ४ जना, बगनासकालीमा २८ जना, माथागढी २७ जना, रिब्दिकोटमा ५ जना, तानसेन नगरपालिकामा ९ जना, निस्दी गाउँपालिकामा ९५ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका १ जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।

पाल्पामा संक्रमित मध्ये पूर्वखोला गाँउपालिकाका १ जनाको उपचारको क्रममा मृ’त्यु भएको छ । त्यस्तै, विभिन्न पालिकाका १८ जना संक्रमितहरु ठीक भएर घर फर्किइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com