तुलसीपुर उपमहानगरपालिकाका एक वडाध्यक्षलाई कोरोना पुष्टि



प्रकाशित मिति : Jun 30, 2020
  • सुरेश श्रेष्ठ

दाङ, १६ असार । तुलसीपुर उपमहानगरपालिकाका एक वडाध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीसआर परीक्षणमा वडा अध्यक्ष सहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका वडा अध्यक्ष तुलसीपुर उपमहानगरपालिकाका हुन् ।

मंगलवार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो । भने सल्यानका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । दाङका १० वटै स्थानीय तहका ५ सय ८८ जनामा कोरोना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com