भारतमा चिनियाँ एप्समाथि प्रतिबन्ध लाग्दै गर्दा प्रधानमन्त्री मोदीले भिबो एप्स के गर्लान ?



प्रकाशित मिति : Jun 30, 2020

एजेन्सी, १६ असार । भारत सरकारले चीनका ५९ एप्समाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ट्वीटर जस्तै चीनको सामाजिक मिडिया प्ल्याटफर्म भिबो पनि चर्चित छ ।

भिबो एपमा भारतीय प्रधानमन्त्रीले पनि आफ्नो अकाउन्ट खोलेका छन् । जसमा उनको करिब साढे २ लाख फलोअर्स रहेका छन् ।

प्रधानमन्त्री मोदीले सन २०१५ मा भिबोमा आफ्नो अकाउन्ट खोलेका थिए । यो जानकारी प्रधानमन्त्री मोदीले ट्वीटर ह्यान्डलमा पनि दिएका छन् ।

भारतले चिनियाँ एप्समथि प्रतिबन्ध लगाउँदै गर्दा टिकटक र हेलो जस्ता धेरै सामाजिक मिडिया प्ल्याटर्फमको एप्स बन्द गरेको छ । तर ति मध्य टिकटक ठूलो संख्यामा भारतीय युवा र भिबोमा भने प्रधानमन्त्री मोदी र भारत सरकार पनि सक्रिय रहेका छन् ।

भारतले एप्सहरु बन्द गरेपछि के प्रधानमन्त्री मोदीले पनि आफू सक्रिय रहेका एप्सबाट आफ्नो एकाउन्ट डिलट गर्लान् त ? भन्ने प्रश्नरु उठ्न सुरु भएको छ ।

चिनियाँ एप्स बन्द गरेपछि प्रधानमन्त्री मोदीको भिबोमा त्यहाँका मानिसहरुले रिसाएको इमोजी पोस्ट गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com