१६ असार २०७७, मंगलवार
  • घनश्याम मिश्र

जनकपुरधाम, १६ असार । वैवाहिक अंगीकृत नागरिकता विधेयक विरुद्ध नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल महोत्तरीले जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा नवीन र तरुण दलका जिल्ला सभापति बिनय कुमार यादवको नेतृत्वमा शंकरचोकबाट सुरु भएको मसाल जुलुस महेन्द्रचोकमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेविसंघका जिल्ला अध्यक्ष झाले सरकारले विभेदकारी नागरिकता विधेयक खारेज नगरे अझ कडा आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने नेकपाको यो निर्णय असैह्य रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV