१६ असार २०७७, मंगलवार
  • मनिराज पाण्डे

कालिकोट, १६ असार । कर्णाली प्रदेशमा १६ जना कोरोना संक्रमित थपिदा ७१ जनाले कोरोना जितेर घर फर्किएका छन् । महाबु आइसोलेसन सेन्टर दैलेखबाट ५६ जना,प्रदेश अस्पताल सुर्खेतबाट ९ जना, भैरवी आइसोलेसन सेन्टर दैलेखबाट ५ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ७१ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ७२ पुगेको छ ।

यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षणबाट रुकुम पश्चिमका ८ जना दैलेखका ३ जना र बाँकेका १ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणबाट डोल्पाका २ र कालिकोटका २ सहित आज १६ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV